
काठमाडौं, साउन ३२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भेटवार्ता गरेका छन् ।
नेपाली दूतावास बेइजिङकाअनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्रसमेत प्रदान गरे ।
यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए ।
गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको चीन भ्रमणकाक्रममासमेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएकी थिइन् ।
सो अवसरमा दुई नेताबीच आसपी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालको विशेष दूतकारुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्