
काठमाडौं, वैशाख ३ । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस ५ जना र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न समिति बैठक बोलाइएको हो ।
सर्वोच्च अदालको प्रस्तावित न्यायाधीशहरुविरुद्ध ५ र प्रमुख आयुक्तविरुद्ध ६ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ । न्याय परिषद्ले गत चैत १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फँुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।
ढुंगानाविरुद्ध दुई र फुयाँलविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप दुईवटा उजुरी परेका छन् ।
यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध ६ वटा उजुरी परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिवसमेत रहेका थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ ।
समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन । सबै उजुरी खोल्दै आजको बैठकले अध्ययनपछि उजुरीकर्तालाई बोलाउने÷नबोलाउने तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्