काठमाडौं, भदौ २ । बिए/एमए पढेका अर्थात शिक्षित युवा बेरोजगारीका कारण कति धेरै पिरोलिएका छन् ? त्यो भोग्नेलाई मात्र थाहा होला ।
राजनीति अस्थिरता शिकार नेपाली युवाहरु भइरहेका छन् भन्ने यथार्थता फिल्महरुमा पनि देख्न पाइन्छ । एउटा यस्तै छोटो र संवादवीहिन फिल्म तयार भएको छ जसले शिक्षित वेरोजगारको आवाज बोलको छ ।
पछिल्लो समय म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका फोटो पत्रकार नबिन बाबु गुरुङले छोटो चलचित्र ‘ब्याचलर ब्रेन’ मा यस्तै वास्तविक कथाबस्तुसहित छोटो फिल्म तयार पारेका छन् ।
भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको ब्याचलर ब्रेनले बेरोजगार युवाको कथा दृश्यमा उतारिएको छ ।
एक जेहेन्दार विद्यार्थी जो राजधानीमा पढ्न र भविष्य बनाउन लागी परेको हुन्छ उसको कोहि ठुला मान्छे नहुँदा बेरोजगार हुनु परेको पीडा फिल्ममा देखाइएको छ ।
कलाकार ध्रुबसागर थापाको अभिनय र कथा रहेको यस छोटो चलचित्रलाइ स्ट्रिटनेपालले आफ्नो युट्युबबाट सार्वजनिक गरेको छ ।
कमल एक्चै मगरको सम्पादनमा बनेको ‘ब्याचलर ब्रेन’मा ध्रुबसागरको अलावा सुरेश सिम्खडा र दिपेश खत्रीको समेत अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्