Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेपाली स्याटेलाइट बिहीबार अमेरिकाबाट उड्दै


0
Shares

काठमाडौं, वैशाख ३ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ ।

नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।

अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । –कान्तिपुर दैनिकबाट