मानवीयताकै अन्त्यः यातना दिएरै दैनिक १० जनाको हत्या • Image Khabar Image Khabar


मानवीयताकै अन्त्यः यातना दिएरै दैनिक १० जनाको हत्या


Imagekhabar
२ भाद्र २०७३, बिहीबार २१:५८

मानवीयताकै अन्त्यः यातना दिएरै दैनिक १० जनाको हत्या

काठमाडौं, भदौ २ । एम्नेस्टी इन्टरनेसनलले सिरियाको जेलमा यातना दिएरै १८ हजार बन्दी मारिएको जनाएको छ ।

गृहयुद्धमा फसेयता सिरियाली सरकारले जेलमा सडाएरै हजारौं बन्दीलाई मृत्युको मुखमा धकेलेको हो । सन् २०११ देखि १५ कोबीचमा जेलमा रहेका कैदीलाई यातना र बलात्कार गरेर मारिएको एम्नेस्टीको प्रतिवेदनमा दाबी गरिएको छ ।

यातनापीडित जीवित ६५ जनाको अन्तर्वार्तासमेत समेटिएको उक्त प्रतिवेदनमा पीडितहरुले बन्दीगृह र जेल नरकसरह रहेको जनाएका छन् ।

‘मानवीयताकै अन्त्य’ नाम दिइएको प्रतिवेदनमा यातना दिएरै दैनिक १० जनाको हत्या गर्ने गरिएको जनाइएको छ ।

अधिकारकर्मी समूहहरुले सिरियामा दिइँदै आएको यातना अन्त्यका लागि राष्ट्रपति बसर अल असदको सरकारलाई दबाब दिन विश्व समुदायसँग लगातार आग्रह गर्दै आएका छन् भने सिरियाले यस्ता सबै आरोप अस्वीकार गरिरहेको छ । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्