डोनाल्ड ट्रम्पको विरोधमा राखियो उनकै नग्न मूर्ति • Image Khabar Image Khabar


डोनाल्ड ट्रम्पको विरोधमा राखियो उनकै नग्न मूर्ति


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार १८:४०

डोनाल्ड ट्रम्पको विरोधमा राखियो उनकै नग्न मूर्ति

वासिंटन, भदौ ३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार घोषित डोनाल्ड ट्रम्पको आलोचना बढ्दो छ । उनका अभिव्यक्तिहरुको विरोधमा व्यापक प्रदर्शन हुन थालेका छन् ।

अमेरिकाका विभिन्न सहयोगी मुलुकको आलोचना, देशभित्रै मुस्लिम तथा काला वर्णका नागरिकमाथि विभेद जस्ता विषय नै उनको चुनाव प्रचार अभियानको हिस्सा बन्ने गरेको छ ।
ट्रम्पको विरोधमा हालै नयाँ शैली देखिएको छ । अमेरिकाका विभिन्न सहरमा उनको नग्न मूर्ति राखेर विरोध प्रदर्शन गरिएको छ ।

डोनाल्ड ट्रम्पको विरोधमा राखियो उनकै नग्न मूर्ति

कलाकारहरुको एक समूहले यस्ता मुर्ति बनाएर विभिन्न सहरका चोकमा राखेको हो । ती मुर्तिले बटुवाको ध्यान राम्रैसँग आकर्षित गरिरहेको थियो । अचानक प्रशासनले अवैध रुपमा मुर्ति राखिएको भन्दै ती सबै मुर्ति जफत गरेको छ ।

ट्रम्पको कार्यालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्