काठमाडौं, भदौ ४ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ । सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुँगो लगाइएको हो ।
निधि र स्वराजले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन् । दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत भएका छन् ।
भारतीय राष्ट्रपतिको भ्रमणतिथि तय भइनसकेपनि नयाँ संविधान जारी भएको दिन असोज ३ गते आयोजा गरिने विशेष समारोहमा उनलाई विशेष अतिथिका रुपमा निम्त्याउने सरकारी गृहकार्य छ ।
‘दुवै देशबाट एकअर्कामा उच्चस्तरीय भ्रमण गराउने सहमति बनेको छ । पहिला प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्ने र त्यसपछि भारतका राष्ट्रपति नेपाल आउने तय भएको छ । त्यसपछि भारत भ्रमण गराउन दुवै देश सहमत भएका छन्, निधी–स्वराज भेटवार्तामा सहभागी एक स्रोतले भन्यो ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्