Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई अन्तर्राष्ट्रिय सम्मान


0
Shares

काठमाडौं, भदौ ४ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको सामाजिक संस्था ‘वि केयर फर ह्युम्यानिटी’ले ‘एसिया डिग्निटेरी म्यान अफ द इयर’ नामक अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

चुनौतीपूर्ण परिस्थितिमा नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवामार्फत् जनता र समाजलाई पुर्‍याएको योगदानसमेतको मूल्यांकन गर्दै सो सम्मान प्रदान गरिएको हो ।

अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ सम्म आयोजित मानवतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रिपिरषदका पूर्वअध्यक्ष रेग्मीलगायत विश्वका विभिन्न देशका सरकार प्रमुख, पूर्वसरकार प्रमुख, पूर्वराष्ट्रप्रमुख तथा प्रसिद्ध सामाजिक अभियन्तालाई आयोजकले उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

सम्मानपछि पूर्वअध्यक्ष रेग्मीले विश्वमा सफलताको पथमा अग्रसर हुन सेवाको भावना र परोपकारको उद्देश्यसहित निरन्तर क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले मानवीय सेवा र सामाजिक हितोपयोगी कार्यमा समर्पित भएमा विश्व शान्ति तथा सद्भावपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने विचार व्यक्त गरेको उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । रासस