Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


मोदी फेरि नेपाल आउन इच्छुक


0
Shares

काठमाडौं, भदौ ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि आफूले फेरी नेपाल भ्रमण गर्नसक्ने बताएका छन् ।

सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने इच्छा देखाएका हुन् ।

‘मोदी आफैं नेपाल आउन तत्पर रहेको भेटमा बताए,’ भेटमा सहभागि उक अधिकारलिे टेलिफोनमा भने ।

गत वर्ष नेपालमा संविधान जारी भए लगत्तै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेपछि बिग्रेको द्विपक्षीय सम्बन्ध तथा मोदीप्रति नेपाली जनतामा परेको ‘नकारात्मक छवि’ सुधारका दृष्टकोणबाट समेत मोदी पुनः नेपाल भ्रमणमा आउन चाहेको हुनसक्ने सरकारी अधिकारीहरको बुझाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट