बेरोजगार फोरम कि ! नेपाल विद्यार्थी संघ ? • Image Khabar Image Khabar


बेरोजगार फोरम कि ! नेपाल विद्यार्थी संघ ?


Imagekhabar
६ भाद्र २०७३, सोमबार १६:५७

बेरोजगार फोरम कि ! नेपाल विद्यार्थी संघ ?

नरेन्दराज पौडेल –

हालै संपन्न नेविसंघको निर्वाचन परिणामले पञ्चायतकालीन प्रौढ संगठनको याद दिलाएको छ । पञ्चायत कालमा युवा महिला पौढ लगायतका कुनै एक संगठनको सदस्यता नलिएसम्म जिल्ला र राष्ट्रिय पञ्चायतसम्म पुग्ने ढोका खुल्दैनथ्यो । देशको विधायिकामा जिल्लाजिल्लाबाट प्रतिनिधित्व गर्दै मन्त्री, प्रधामनमन्त्री बन्ने अधिकांश व्यक्तिहरु प्रौढ संगठनको सदस्यता लिने गर्दथे ।
४० वर्ष नाघेका सवैखाले वर्ग र तप्काहरुमा समानरुपमा वितरण हुने भएकोले पनि यसतर्फ आकर्षण बढी थियो पञ्चहरुमा । संसदीय व्यवस्थामा पञ्चायतको रुपान्तरण भएपछि उति बेलाका वर्गीय संगठनहरु पनि विभिन्नथरी युवासंघहरुको नाममा रुपान्तरित र क्रियाशील बन्दै आएका छन । तीनैमध्ये नेपाल विद्यार्थी संघ पनि अग्रपंक्तिमा रहँदै आएको छ । विगतमा पटकपटक अधिवेशनको घोषणा हुँदै विवादको कारण स्थगित हुँदैआएको नेविसंघलाई यस पटक वल्लतल्ल नयाँ कार्यसमिति चयन गर्ने साइत जुरेछ ।
तर यहाँ निरै अनेकथरी पश्न पनि उठेका छन ।

कलेज विश्वविद्यालयमा प्रशासनलाई थर्काएर विल्ला परिचय पत्र बनाउँदै वीसौ वर्षसम्म विद्यार्थीको आवरणमा बरालिएर राजनीतिको धुरी चड्ने भ–याङ बन्दै आएको त छैन नेविसंघ ? यस्तै सङ्केत दिन्छन यसअघिका घटनाले र निर्वाचनपछि अवीरखादाले रँगिएका अनुहार अनि दृश्यहरुले ।
०७ सालदेखि ०६३ साल सम्ंमको नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वगर्दै आएको फराक वैचारिक धरातल ओगट्ने काङग्रेस पार्टीले देशको भावी कर्णधार,चेतना र भौतिक समृद्धिका आधारस्तम्भ मानिने विद्यार्थी समुदायलाई खुलारुपमा प्रतिस्पर्धा गर्न नदिएर गूटबन्दी र कोठे आशिर्वादको शिकार बनाएको छ । रचनाशील र प्रतिभाशाली भावी पुस्तालाई परमुखापेक्षी र पराश्रित बनाउँदै आत्मघाती काम गर्दै आएको छ । जसको दुस्परिणाम समग्र पार्टीपंक्तिले भोग्दै आएका  छ र अझै भोग्दै जाने छ ।
झण्डै चालीसे पार गरेर प्रौढतामा पदार्पण गरेको नेपाल विद्यार्थी संघले वर्षौंदेखिको किचलोपछि आफू सरहकै उमेरका समवयस्क सभापति पाएर बल्लतल्ल नयाँ चरणमा प्रवेश गरेको छ । पार्टीनेताहरुको परम्परावादी अनुदार शोच, अकर्मण्यता र सिद्धान्तहीन गुटबन्दीको कारणले निर्धारित समयमा निर्वाचन हुन सकेको थिएन ।
विद्यार्थी वर्गको चाहना र समयसापेक्ष नयाँ वैध नेतृत्वको अभावमा घाइते र निस्क्रिय अवस्थामा एक दशक पार गर्न लाग्दा बल्ल नयाँ र वैधानिक नेतृत्व पाएर लाज बचाउन सकेको छ ने.वि.संघले ।
यस पटक पनि चुनावको चर्चा चलेदेखि नै नेतापिच्छेका गुटबन्दी र बोगस प्रतिनिधित्वको बखेडाले आमरण अनसनसम्मको स्थिति सिर्जना न भएको होइन । मस्सल र सत्तासंस्कृति हावी भएर निर्वाचनलाई विवादास्पद र अनिश्चयको भुमरीमा हप्तौं धकेल्ने काम पनि नभएको होइन । तर साउन दोस्रो हप्ता दखि सुरु भएको निर्वाचन अभियानमा झण्डै तीन हप्ताको दगलफस्योलपछि वल्लतल्ल विवाद सल्टिएको अपत्यारिलो या उदेक लाग्दो सन्देश बाहिर आएको थियो ।
मेलमिलाप र सहमति अपत्यरिलो लाग्दालाग्दै बन्द सत्र नै हुन नसकेर पनि निर्वाचनको विकल्प न भएको तथ्यप्रति नेता विद्यार्थी एकै मतले सकारात्मक देखिए । परिणामस्वरुप सवै क्षेत्र र तहको निर्वाचन एकसाथ संपन्न हुन संभव भयो । अगिपछि जतिसुकै विवाद र हानथापको वदनामी कमाउँदै आएपनि यस पटक नेताहरुले आआफना गुटउपगुट मिलाउन निकै कसरत र उदारता देखाएको अनि ठूलै सफलता हासिल गरेको पनि देखियो।प्रतिस्पर्धाको हिसावले पनि यस पटकको निर्वाचनले नयाँ रेकर्ड कायम गरेको छ ।
सभापतिकोलागि मात्रै दर्जनभरका प्रत्यासि मैदानमा उत्रिएर प्रतिस्पर्धा गर्दा निर्वाचन सानोतिनो कुम्भ मेला बन्न पुग्यो । यद्यपि काङगेसजस्तो ठूलो पार्टीको भगिनी संगठनकालागि वर्षौंपछि भएको निर्वाचनमा ठूलै जमातवीच पतिस्पर्धा हुनु अस्वाविक थिएन । ती सवै प्रत्यसीहरुलाई पछि पार्दै नैन सिं महरले सभापतिमा बाजी मारेका छन ।
लामो समयसंम पत्रकारिताको अनुभव हासिल गरीसकेका असुदूर पश्चिमका विद्यार्थी नेता महरले आपूm निर्वाचित हुनेबित्तिकै निकै जोश जाँगर देखाएर ओजपूर्ण लवजमा शैक्षक सुधार र प्राज्ञिक क्षेत्रको विकासको काम गर्ने बताए । त्यसभन्दा पर आपूm कुनै केन्दीय स्तरका गूट उपगूटमा न लाग्ने अपात्यारिलो गुड्डी हाँक्ने काम पनि इमान्दारीपूर्वक नगरी छाडेनन । निकै अध्ययनशील स्कलर मानिने चौवालीस बर्षे ढल्किँदो वयका अध्यक्ष महरकोे नेतृत्वमा ने.वि संघ समयानुकूल क्रियाशील बनेर सप्रिने हो कि अझै भताभुङ्ग चैं हुने हो त्यो भने हेर्न बाकी नै छ ।
यसो त सामान्य हिसावले हेर्दा पढाइको निश्चित चरण पार गरी सकेर पनि डेढदुइ दशकसम्म लगातार कलेज विद्यायालयको विल्ला भिरेर राजनीतिलाई पेशा बनाइआएका नेताहरु आमविद्यार्थीमाझ प्रेरणादायी असल पात्र मानिन्नन । उमेरदार सक्कली पिँडीलाई वेलैमा छोडिदिनुपर्ने ठाउँ ओगटेर वस्नु सभ्य र औचित्यपूर्ण व्यवहार पनि अवस्य मानिन्न । औसतमा जीवनको साढे चार दशक पार गरीसकेका यी महानुभावबाट देशले धेरै किसिमका आशा र अपेक्षा गर्न सक्छ ? तर्क गर्नेहरुको कमी छैन पनि ।
उनीहरुले शैक्षिक सुधार विद्यार्थी र प्रज्ञिक वर्गको वृत्तिविकासजस्ता विषयमा के कति भरोसा दिन सक्छन ? केही गर्नका लागी केही सपना चाहिन्छ केही हुती र केही परिवर्तनकारी दृष्टिकोण चाहिन्छ । यसकोलागि नयाँ नेतृत्व कति मात्रामा भिजनरी र सक्रिय रहनेछ । त्यो समयले बताउने छ ।
सन् ९० को दशकको कुरा । गदान्स्क बन्दरगाहमा सामान्य मजदूरको काम गरीबसेका लेख वालेसाले पोल्यण्ड जस्तो पूर्वी यूरोपको ठूलो राष्ट्रमा स्टालीनवादी अनुदार सर्वसत्तावादी कम्यूनिष्ट राजनीतिविरुद्ध विद्रोहको नेतृत्व गरे । लाखौं युवा विद्यार्थी र मजदूर रातारात उनको आह्वानको पछि लागेर आम हडतालमा उत्रिए । रक्तपात विना नै देशलाई उदार प्रजातन्त्रवादी समाजवादमा रुपान्तरित गर्न उनी सफल भए ।
आजको संसदीय चरित्रको खुला अर्थतन्त्र अंगाल्ने पोल्याण्डको निर्माण हुन सक्यो । तर रुमानिय चेकोस्लोभाकिया युगोस्लाभिया लगायतका उसकै छिमेकी देशरुमा सर्वसत्तावादी कम्युनिष्ट शासनविरुद्धको विद्रोह अत्यन्तै रक्तपातपूर्ण बनेर दशकौंसम्म लम्बियो । युगोस्लाभिया र चेकोस्लोभाकिया त देशै जर्जर वनेर टुक्राटुक्र्रामा छरिए । नेतृत्वकै कम्जोरी र असफलताको परिणाम थिए ती ।
असमी नेता प्रफुल्ल कुमार महन्तले नब्बेको दशकमा भारतको आसाममा स्वयत्तताको आन्दोलन शुरु गर्दा २० देखी ३० बर्ष उमेरका विद्यार्थी समुदायको नै प्रमुख भूमिका थियो । भाषिक सांस्कृतिक र स्वयत्तताको मागमा आधारित उल्लिखित आन्दोलनको सफलतापछि आसाम गणपरिषदको नेतृत्वमा सरकार गठन हुँदा आधाभन्दा बढी मन्त्रीहरु अठ्ठाइस तीस बर्ष उँधोका अविवाहित युवाहरु थिए । पाचौ गणतन्त्रका संवाहक फ्रेञ्च राष्ट्रपति देगाललाई शासनको केही बर्ष पछि नै विद्यार्थी आन्दोलनको चुनौती आयो । पियरे वेन्डेट नाउका पच्चीस बर्षे विद्यार्थी नेताले फ्रान्स भरिको उद्योग कल कारखाना र शैक्षिक संस्था बन्द गराएर देगालको नाक अगाडि औंलो उठाउन पुगेथे र पाँचौं गणतन्त्रलाई लोक कल्याणकारी र समावेशी चरित्रमा रुपान्तरित गराउँन वाध्य वनाएका थिए ।
वर्तमान नेपालको अवस्थितिले नयाँ जोश जाँगर लिएका युवाहरुवाट धेरै कुराको अपेक्षा गरेको छ । भर्खर तयार भएको गणतन्त्रात्मक संविधान लागु गर्नेदेखि आर्थिक सामाजिक क्ष्ोत्रमा रहेका अनेकौ अभाव र विकृतिहरुको अन्त्य गर्नु पर्ने छ । गरिब ,  बेरोजगार युवापलायन र गाँसवासको अभाव र भष्टाचारले ग्रस्त सामाजिक संरचनाकै काया पलट नगरी न्यायपूर्ण समावेशी समाजको निर्माण संभव छैन ।त्यसकोलागि अहोरात्र खटिने ऊर्जाशील नेतृत्वको खाँचो रहेको छ , जुन कुरा वर्तमान सत्ताधारी नेतावर्गबाट संभव छैन ।
सामान्य खालका नेता नायक र राज्य संचालनको मौजूदा प्रविधिलेमात्र देशका बहु आयामिक समस्याबाट पार हुने अवस्था देखिदैन ।
नयाँ सोच विचार र संवेदनाले भरपूर रहेका वीस पच्चीस बर्षे कलकलाउदा युवायुवतिको दर्विलो नेतृत्वमा सुरक्षित तवरले हुर्किने मौलाउने र दुवो झै फैलिने सपना देखिआएको ने.वि.संघले आउँदा दिनहरुमा पनि यथास्थितिको वासी विचारकै बोझ बोकीराख्नु पर्ने त हैन ? त्यसो भए देशले नयाँ नेतृत्व काहाँबाट कसरी पाउने त ? नाउँ विद्यार्थी संघको राख्ने तर सपनाविहीन व्यक्तिनिष्ठ पूर्वाग्रहहले ग्रस्त बुढो नेतृत्वको खेलौना बनेर सधैं पछि लाग्ने असक्षम जमातको निरन्तरको व्यभिचार सहन कलिलो विद्यार्थी समुदायलाई बाध्य पारिएको त छैन ? जलमाफियाले नेपालका खोलानाला लाइसेन्स लिँदै काम नगर्दै ओगटेको पाराले विद्यार्थी जगतको नेतृत्व पतिभालाई पनि कुण्ठित पारिएको त छैन ?
देशको शासकीय व्यवस्थाभित्रका जङ्की निजामतीमात्र होईन शिक्षण सेवाको लागी समेत उमेरले अयोग्य भैसकेको अनुहारहरु सवै कामकाज छोडेर विद्यार्थी संगठन को नाउँमा भीड लाग्ने हो भने देशकोलागि योभन्दा अरु विडम्वना के होला ? फलाना दाइ ने.वि.संघका अध्यक्ष थिए र नै गृहमन्त्री , प्रधानमन्त्री बने म पनि त्यस्तै हुन्छु भनेर दशकौंसम्म चुनावका गौडागल्छिडा ढुकिबस्ने जमातबाट यो देशले यो नयाँ गणतन्त्रले के कस्ता परिवर्तन र लाभहरु हासिल गर्ला ? उत्तर खोज्नु जरुरी छ ।  

प्रतिक्रिया दिनुहोस्