
काठमाडौं, भदौ ६ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफूले सबै विद्यार्थी संगठनको एकतामा जोड दिने बताएका छन् ।
नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले सोमबार राजधानीमा गरेको चियापान तथा बधाइ कार्यक्रममा अध्यक्ष महरले सबैलाई एक बनाएर अगाडि बढ्नसके विद्यार्थीको हितमा काम गर्न सकिने बताए ।
आफ्नो मुख्य कार्यभार संगठनलाई चुस्तदुरुस्त बनाएर अगाडि बढ्नु नै रहेको भन्दै उनले विद्यार्थीका साझा मुद्दामा विद्यार्थीबीच एकता हुनुपर्ने बताए ।
कार्यक्रममा अरु विद्यार्थी नेताहरुले भने चर्को शुल्कले गर्दा विद्यार्थी मारमा परेको, शिक्षालाई व्यापारीकरण गरिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले प्रत्येक क्याम्पस र विद्यालयमा शुल्कमा एकता नभएको भन्दै ध्यान दिन विद्यार्थी नेताहरुसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्