
काठमाडौं, भदौ ६ । सोमबार सुनको मूल्य ३ सय रुपैयाँले ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ५९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो सात दिनदेखि सुनको मूल्य तोलाको ५९ हजार ३ सय रुपैयाँमा स्थीर रहेको थियो ।
सोमबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले कमी आएर ८ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँँझसम्म सुनप्रति औंस १३ सय ३८ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्