 
	    काठमाडौं, वैशाख २ । नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् ।
रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ ।
स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा उनको साथबाट सुन बरामद भएको जनाइएको छ । उनलाई भारतको नौतनवास्थित राजस्व कार्यालयमा बुझाइएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्