९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


उपकुलपति कोइरालाविनाको सम्मेलन अधुरो : आयोजक


0
Shares

काठमाडौं, असार २६ । क्यानाडाको भ्यानकुभरमा सोमबारदेखि सुरु १७ औं विश्व संस्कृत सम्मेलनका लागि त्यसतर्फ जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एअरपोर्टबाटै फर्काइएको घटनाले आफूहरुलाई दुःखी बनाएको आयोजक संस्था बृटिश कोलम्बिया विश्वविद्यालयका संस्कृत लिटरेचर एन्ड साउथ एसिएन फोकलोरले जनाएको छ ।

संस्थाका एसोसिएट प्रोफेसर अधीश सथायले संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्रका एवं वैदेशिक सम्बन्ध महाशाखा निर्देशक डा. काशीनाथ न्यौपानेलाई ईमेलमार्फत उपकुलपति कोइरालाबिनाको सम्मेलन अधुरो हुने जनाउँदै अन्तिम दिनसम्म पनि सहभागिता जनाउने वातावरण मिलाउन अनुरोध गरेका छन् ।

उनले सम्मेलनको एक वक्ताका रुपमा उपकुलपति कोइराला रहेको र सम्मेलनको अन्तिम सत्रको अध्यक्षता उनकै हुने उल्लेख छ । ‘सन् २०२४ मा नेपालमा आयोजना गरिने भनिएको विश्व संस्कृत सम्मेलनबारे छलफल गर्ने जिम्मेवारी उपकुलपति कोइरालाकै भएकोले उनको उपस्थितिविना सम्मेलन समापन हुनु लज्जाको विषय हुनेछ,’ इमेलमा भनिएको छ । –नागरिक दैनिकबाट