आत्मघाती विस्फोटको तयारीमा रहेका बालक पक्राउ • Image Khabar Image Khabar


आत्मघाती विस्फोटको तयारीमा रहेका बालक पक्राउ


Imagekhabar
७ भाद्र २०७३, मंगलवार १८:३४

आत्मघाती विस्फोटको तयारीमा रहेका बालक पक्राउ

बग्दाद, भदौ ७ । इराकमा आत्मघाती बिस्फोटको तयारी गरिरहेको अवस्थामा एक बालकलाई पक्राउ गरिएको छ ।

१५ वर्षीय एक बालकलाई बिस्फोटक पदार्थसहितको बेल्ट लगाएको अवस्थामा किरकुकमा पक्राउ गरिएको इराकी प्रहरीले जनाएको छ ।

पक्राउ परेलगत्तै उनको शरीरमा रहेको बिस्फोटक पदार्थ नष्ट गरिएको छ । पक्राउ परेका बालकले शिया समुदायको धार्मिक स्थलमा बिस्फोट गराउने आफ्नो योजना रहेको बयान दिएका छन् ।

यसअघि पनि इराकी प्रहरीले बिस्फोट पदार्थले भरिएको बेल्ट लगाएका एक युवकलाई गोली हानी मारेको थियो ।

किरकुक शहरको मस्जिदमा प्रवेश गर्ने क्रममा उनलाई गोली हानिएको बताइएको छ ।

पछिल्लो समय इराकमा सुरक्षा ब्यबस्था कडा बनाई सर्वसाधारणमाथि कडा निगरानी गरिएको छ । इराकमा हरेक साता हुने गरेको बिस्फोटमा थुप्रैको ज्यान जाने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्