२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


छोरा फेल भएपछि बाबुले चक्कुले हानेर गरे हत्या


0
Shares

टोकियो, भदौ ७ । जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् ।

विद्यालयस्तरको एक परीक्षामा ती बालकले नपढेको भन्दै ती बालकका ४८ वर्षीय बुबाले विगतमा पनि छोरालाई गाली गर्ने गर्दथे ।

केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको तयारी गरभन्दा पनि नमानेपछि रिस उठेको र छुरा हानेको बयान दिएका छन् ।

जापानको सरकारी टेलिभिजन ‘एनएचके’ले सो समाचार मंगलबार प्रशारण गरेको छ ।

जापानमा राम्रो विद्यालयमा प्रवेश पाउनका लागि बालबालिकालाई गाह्रो हुने गर्दछ ।

राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन पाउनुलाई जापानी दम्पतीले पनि इज्जतकोरुपमा लिने गर्दछन् ।

जापानको मध्य सहर नागोयाको आइची जिल्लाको प्रहरीले दिएको जानकारीअनुसार ती बुबाले बच्चालाई गत आइतबार छुरा हानेका र त्यसपछि अस्पताल पुर्‍याइएको थियो ।

तरपनि अत्यधिक रक्तस्रावका कारण ज्यान गएको समाचारमा जनाइएको छ । छोरा भान्सामा रहेकाबेला भान्सामा रहेको तरकारी काट्ने चक्कुले छातीमा हानेको प्रहरीले जनाएको छ ।

पटक–पटक छातीमा छुराले हानेकोले अत्यधिक मात्रामा रक्तस्राव भएको र त्यसका कारण बालकको ज्यान गएको अस्पतालले जनाएको छ ।

ती बाबुले आफूले गल्ती गरेको र सो गल्ती भुलबस हुन पुगेको बताएका छन् ।

अस्पतालले बालकको ज्यान गएको समाचार सार्वजनिक गरेपछि ती बाबुलाई प्रहरी थुनामा राखिएको छ । रासस/एएफपी