२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


ओबामाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण


0
Shares

वासिंटन, भदौ ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत महिना अमेरिकाको लुजियानामा गएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

अवलोकनमा क्रममा ओबामाले बाढीमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

अवलोकनकै क्रममा उनले गतमहिना मारिएका काला ब्यक्ति एलटन स्टर्लिङको परिवारजनसँग पनि भेटघाट गरे । स्टर्लिङ गत महिना प्रहरीको गोली लागि मारिएका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चार दिनअघि लुजियानाको भ्रमण गरेका थिए । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि ओबामा ट्रम्पभन्दा पनि ढिलो आएको भन्दै केही बाढी प्रभावितहरुले ओबामाको आलोचनासमेत गरेका थिए ।

लुजियानामा गत अगष्टमा आएको बाढीमा १३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)