
काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन १० वर्षपछि आगामी भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
महिला संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमन्डपमा महाधिवेशन हुने जानकारी दिएको हो ।
महाधिवेशनमा आगामी कार्ययोजना र विधानबारे छलफल गरी नयाँ नेतृत्व चयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्