
काठमाडौं, भदौ ८ । अघिल्लो दिन उच्च गिरावट आएको शेयरबजारमा बुधबार उस्तै किसिमले सुधार आयो ।
अघिल्लो दिन ४० अंक बराबरले ओरालो लागेको बजार यसदिन ५० अंक बराबरले उकालो लाग्यो । नेप्से ४८ अंकले उकालो लागेर १७ सय ३० पुग्यो ।
कारोबार भएका सबै समूह सकारात्मक रहे । बीमा समूहमा ५ सय ५५ अंकको उच्चबृद्धि आयो । होटल समूह पनि ८९ अंकले उकालो लाग्यो । जलविद्युत् समूहमा ४७ अंकको सुधार आयो । वाणिज्य बैंक समूह ३९ अंकले र विकास बैंक समूह ३८ अंकले उक्लिए । कारोबार पनि धैरै दिनपछि १ अर्ब पुग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको ११ लाख १३ हजार कित्ता शेयर १ अर्ब २ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्