
काठमाडौं, भदौ ८ । शंकर ग्रुपअन्तर्गत्को जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टेड डक्टिलिटीसहितको ‘राइनो ५०० डी फलामे छड’ सार्वजनिक गरेको छ ।
उत्पादन सार्वजनिक गर्ने कार्यक्रममा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भूकम्पप्रतिरोधात्मक राइनो ५०० डी फलामे छड सार्वजनिक गरिएको बताए ।
उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको सम्मिश्रणलगायतका कारणले यो छड अरुभन्दा फरक रहेको कम्पनीको दाबी छ ।
उत्पादनको खरिदमा कम्पनीले उपभोक्तालाई ग्यारेन्टी कार्ड उपलब्ध गराइ निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभूति दिन चाहेको कम्पनीले जनाएको छ ।
यो छड बहुतले भवन, पुल, फ्लाइओभर तथा बाँध, विन्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल, थर्मल तथा जलविद्युतीय पावर स्टेसनलगायतको संरचना निर्माणमा उपयोगी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्