धनकुटा, भदौ ९ । जिल्ला कृषि विकास कार्यालय धनकुटाले ‘किसान परिचयपत्र’ वितरणको तयारी गरेको छ ।
कार्यालयले पहिलो चरणमा जिल्लाका ६ वटा सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र मार्फत् ४५ सय किसानलाई किसान परिचयपत्र वितरणको तयारी गरेको हो ।
एक किसान परिवारमा एकजनाले मात्रै यस्तो परिचयपत्र पाउने ब्यवस्था गरिएको कार्यालयले जनाएको छ । परिचयपत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङ्गारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्रमुख लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।
परीक्षणस्वरुप परिचयपत्र वितरण गर्न लागेको कृषि विकास मन्त्रालयले पूर्वाञ्चलमा धनकुटासँगै सुनसरीलाई छनोट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्