
बुटवल, भदौ ९ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान खारेज गर्न माग गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिलाई निष्कर्षमा पुर्याउन नसकेर बीचैमा छाडेको आरोप लगाए ।
उनले आफू क्रान्तिको बाटोबाट कुनै हालतमा विचलित नहुने र आवश्यक परे हतियारसमेत उठाउने चेतावनी पनि दिए ।
अध्यक्ष वैद्यले जलविद्युत् परियोजनाहरु स्वदेशी लगानीमै बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्