२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


देउवा र पौडेलबीच यसरी जुट्यो सहमति, आजै मन्त्रीको नाम पठाइने


0
Shares

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुंगो लगाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १३ मन्त्रालय हुंँदा पौडेल पक्षलाई चार र १४ मन्त्रालय हुँंदा पौडेल पक्षलाई पाँंच मन्त्रालय दिने सहमति बनेपछि मन्त्रिपरिषद् बिस्तारको तयारी अघि बढेको हो ।

दुई नेताबीच सहमति भएपछि अहिले कांग्रेसका नेताहरु मन्त्रीको नाम चयन गर्न लागिपरेका छन् । नेताहरुबीच कुरा मिलिसकेको र अब नाम चयन भएपपछि आजै सपथ गराउने तयारी भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

सभापति देउवा भोलि उपचारका लागि सिंगापुर जाने भएकाले आजै मन्त्रीको सपथ गराउने बताइएको छ । कांग्रेसले पाएको १३ मध्ये दुई मन्त्रालयमा मन्त्री पठाईसकेको छ भने बाँकी ११ का लागि अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, सितादेवी यादव, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, नविन्द्रराज जोशी, दिपक गिरी, जीवनबहादुर शाही, केशवकुमार बुढाथोकी, गगन थापा, मोहन बस्नेत, शंकर भण्डारी, भिमसेनदास प्रधान लगायतका नेताहरुको नाम चर्चामा छ ।