पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु • Image Khabar Image Khabar


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु


Imagekhabar
९ भाद्र २०७३, बिहीबार २१:५५

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु

                                                      फाइल फोटो

पोखरा, भदौ ९ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ ।

गत वैशाख १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन ।

कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।

कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ ।

आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने कच्चीबाटोलाई पक्की बनाउने काम सकिएको छ ।

मुलुककै गौरवशाली आयोजनाकोरुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ ।

चीनको एक्जिम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण हुन लागेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्