
धनकुटा, भदौ १० । एमाले नेता शंकर पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलहरु गम्भीर हुनुपर्ने बताएका छन् ।
धनकुटामा पत्रकारहरुसँग कुरा गर्दै उनले नयाँ संविधानले तोकेअनुरुप वर्तमान सरकारले काम गर्न नसके संवैधानिक जटिलता उत्पन्न हुने भन्दै प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताए ।
संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा जोड दिन आग्रह गर्दै उनले अघिल्लो सरकारले गरेका महत्वपूर्ण सम्झौता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । ओली सरकारले जनपक्षीय काम गर्दै लोकप्रिय हुन थालेपछि विदेशी शक्तिको ईशारामा सरकार गिराइएको आरोप उनले लगाए ।
प्रतिक्रिया दिनुहोस्