काठमाडौं, भदौ ११ । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा २२ जनाको हत्यामा संलग्न मुख्य आक्रमणकारी तमिम चौधरी प्रहरी कारबाहीमा मारिएका छन् ।
उक्त आक्रमणका ‘मास्टरमाइन्ड’ चौधरीसँगै अरु तीनजना शंकास्पद लडाकू पनि मारिएको त्यहाँको प्रहरीले जनाएको छ । चौधरी सन् २०१३ मा क्यानडाबाट बंगलादेश फर्किएका थिए ।
बंगलादेशकै इतिहासमा भयानक मानिएको उक्त क्याफे आक्रमणकाक्रममा आक्रमणकारीले १२ घन्टासम्म क्याफेमा रहेकाहरुलाई बन्धक बनाएका थिए ।
पछि प्रहरी कारबाहीमा ६ जना बन्दुकधारी मारिएका थिए भने एकजना पक्राउ परेका थिए ।
इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएपनि बंगलादेश सरकारले आक्रमणमा प्रतिबन्धित जमायेतुल मुजाहिद्धिन बंगलादेशको संलग्नता रहेको जिकिर गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्