२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


मधेस आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गर्नुपर्छ : बाबुराम


0
Shares

                                                            फाइल फोटो
ललितपुर, भदौ ११ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइकासाथ कार्यान्वयन गरिनुपर्ने बताएका छन् ।

ग्रीन काठमाडौं क्लिन काठमाडौं अभियान र ज्योतिदय संघद्वारा शनिबार ललितपुरमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले तराई–मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताए ।

उनले संघीयताको सीमांकन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औंल्याए ।

संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उनको भनाइ थियो । रासस