१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाली कामदार बढी भएका मुलुकका दूतावासलाई सशक्त बनाइन्छ : परराष्ट्रमन्त्री


0
Shares

काठमाडौं, भदौ ११ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले छिमेकीमुलुकसँगको सम्बन्धलाई कुटनीतिक आधारमा अघि बढाइने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री महतले छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण बनाएर आफ्नो राष्ट्रिय हितको संरक्षण गर्दै सम्बन्ध अघि बढाइने बताए ।

मन्त्री डा. महतले परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको हितलाई प्राथमिकता दिने बताए ।

उनले नेपाली कामदारको संख्या बढी भएका मुलुकमा रहेका नेपाली दूतावासलाई सशक्त बनाइने पनि बताए ।