एनआरटी शीर्ष स्थानमा • Image Khabar Image Khabar


एनआरटी शीर्ष स्थानमा


Imagekhabar
१२ भाद्र २०७३, आईतवार ०२:२१

एनआरटी शीर्ष स्थानमा

काठमाडौं, भदौ ११ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा उक्लिएको छ ।

लिगको तेस्रो खेलमा शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेसँगै एनआरटीलाई झड्का लागेको थियो ।

शनिबारकै अर्को खेलमा मध्यपुरले लगातार दोस्रो खेलमा अंक बाँड्नेक्रममा रानीपोखरी कर्नर टिम (आरसीटी)सँग १–१ गोलको बराबरी खेलेको छ ।

यो बराबरीले भने आरसीटी गोलअन्तरमा एनआरटीसँग पछि पर्दै दोस्रो स्थानमा झरेको छ । मध्यपुर ५ अंकसहित तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्