पाकिस्तानका १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवाना • Image Khabar Image Khabar


पाकिस्तानका १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवाना


Imagekhabar
१२ भाद्र २०७३, आईतवार २२:३४

पाकिस्तानका १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवाना

इस्लामावाद, भदौ १२ । पाकिस्तानका विभिन्न १३ टेलिभिजन च्यानललाई एउटै मुद्दामा एकसाथ जरिवानाको फैसला भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) पार्टीका नेता तथा पूर्व क्रिकेटर इमरान खानको तेस्रो विवाह भएको दाबीसहित समाचार प्रशारण गरेबापत ती टेलिभिजन च्यानललाई दण्डित गरिएको हो ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले शनिबार यस्तो फैसला गरेको हो । फैसलामा १३ वटै टेलिभिजन च्यानललाई ५–५ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ । जरिवाना रकम नतिरेमा टेलिभिजन च्यानलको लाइसेन्स नै रद्द गरिने चेतावनीसमेत दिइएको छ ।

दुनियाँ न्यूज, जिओ न्यूज, नियो न्यूज, रोयल न्यूज, खैबर न्यूज, च्यानल–२४, च्यानल ९२, न्यूज वन, सच टिभी, रोजे न्यूज, च्यानल–५, जिओ तेज टेलिभिजन लगायत दण्डित भएका हुन् ।

ती टेलिभिजन च्यानलले गत जुलाइ १२ मा ९३ वर्षीय इमरान खानले लण्डनमा तेस्रो विवाह गरेको झुठो समाचार प्रशारण गरेको बताइन्छ ।

पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणका अनुसार पत्रकारिताको मानकलाई कायम राख्न यस प्रकारको फैसला गरिएको हो । पिटिआइ पार्टीले उक्त समाचारको खण्डन गरेपनि ती टेलिभिजन च्यानलले इमरानको विवाह सम्बन्धी समाचार बारम्बार प्रशारण गरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्