Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कडाइका साथ भवन आचारसंहिता पालना गराउने मन्त्री केसीको दाबी


0
Shares

काठमाडौं, भदौ १२ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहितालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानीमा आइतबार आयोजित साक्षात्कारमा उनले भवन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गरिने बताए । भवन निर्माण आचारसंहितामा सुधार गर्नुपर्ने विषयबारे तीन दिनभित्र सुझाव पेश गर्न उनले सम्बन्धित निकायहरुलाई निर्देशन पनि दिए ।

बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत उनले चेतावनी दिए । उनले भने, ‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होईन भने संहिता कडाईका साथ लागु गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’

कार्यक्रममा मन्त्री केसीले काठमाडौंलगायत सबै नगरहरुको विकासका लागि आवश्यक योजनाहरु बनाइने जानकारी दिए ।

Skip This