जीप दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते • Image Khabar Image Khabar


जीप दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


Imagekhabar
१३ भाद्र २०७३, सोमबार १४:३०

जीप दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

हेटौंडा, भदौ १३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौंडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नम्बरको बलेरो जीप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घटनामा परेका दुईजना सख्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको अवस्था अहिले गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल अमलेखगन्ज मकवानपुर जिल्लाको सिमानासँग जोडिएकाले ती घाइतेलाई हेटौँडातर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्