
काठमाडौं, भदौ १३ । यस वर्षको हरीतालिका तीज पर्व आउन केही दिनमात्र बाँकी रहँदा, कलाकार तथा सर्जक शंकर लामिछानेले तीजको कोसेली हितैको डार्लिङसंग सार्वजनिक गरेका छन् ।
लामिछानेको शब्द र संगीत रहेको गीतमा योजना पुरी र हरी दुलालको स्वर सुन्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको उक्त गीतको म्यूजिक भिडियो पोखरा र अष्टे«लियामा छायाङ्कन गरिएको छ ।
भिडियोलाई अनिता सुर्वितले निर्देशन गरेकी छन् भने धर्बेन्द्र पौडेलले कोरियोग्राफी गरेका छन् । लामो समयदेखि अष्टे«लियामा बस्दै आएका लामिछानेको यो पाचौं तीजको कोसेली हो भने उनले नेपाली कथानक चलचित्र किन लाग्छ मायाँ को मुख्य भूमिकामा अभिनय गरेका छन् ।
त्यसपछि उनी ’ए नेपाली हो’ नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए । साथै केही समय अघि मात्र लामिछानेको हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’को सिरिजले समेत राम्रै चर्चा बटुलेको थियो ।
उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगायत अन्य केही नाटकमा समेत काम गरेका छन् ।
त्यस्तै गायिका योजना पुरीको केही तीज गीत सहित दर्जनौं गीत चर्चामा छन् । केही गीत लेखे पनि हरी दुलालले गाएको भने यो पहिलो गीत हो । दुलाल विगत नौं वर्षदेखी पत्रकारितामा सक्रिय छन् । उक्त गीतलाई कुस्माज ईन्टरटेनमेन्टले वजार व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्