२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेपाल स्काउटले खेलेको भूमिका सराहनीय : राष्ट्रपति


0
Shares

काठमाडौं, भदौ १३ । अन्तर्राष्ट्रिय विश्व गल्र्स गाइड्स र गल्र्स स्काउट संगठनको १२औं एसिया प्रशान्त क्षेत्रीय सम्मलेन सोमबारदेखि राजधानीमा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ दिने क्षेत्रीय सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कतव्र्य बोध भएका नागरिक तयार पार्न नेपाल स्काउटले खेलेको भूमिका सराहनीय भएको बताइन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले संसदमा अड्किएको नेपाल स्काउट ऐन २०५० लाई संशोधन गर्ने नेपाल स्काउट (दोस्रो संशोधन) विधेयक २०७१ लाई पारित गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा स्काउटको स्थापना सन् १९५२ मा भएको हो भने स्काउटको कार्यक्रम र क्रियाकलापहरु सन्चालन गर्न नेपालको सदनले सन् १९९४ मा ऐन पारित गरेको हो ।

ऐन पारित भएयता स्काउटको केन्द्रीय र जिल्ला तहका कार्यालयहरुका पदाधिकारीहरुको चयन चुनावबाट हुने गरेकोमा दोस्रो संशोधन ऐन संसदमा अड्किएयता स्काउटका पदाधिकारीको चुनाव हुन सकिरहेको छैन ।

सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय विश्व गल्र्स गाइडस् र गल्र्स स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा २२ राष्ट्रका स्काउटका प्रतिनिधिको सहभागिता छ ।