
भक्तपुर, भदौ १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सभामुख ओनसरी घर्तीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।
रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले सभामुखले पदीय दायित्व बिर्सेर राजनीतिक दलको कार्यकर्ता बनेको आरोप लगाए ।
‘सभामुखले पार्टी कार्यकर्ताकोरुपमा बाहिर कराउँदै हिँड्ने जुन काम र कुराहरु बाहिर आएको छ, यो पदको गरिमाअनुसार भएको छैन’–उनले भने ।
सार्कस्तरीय विद्युत् सम्झौताको साँचो भारतमा रहने भन्दै बिजुक्छेले अघिल्लो सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझी र अहिले फेरि माओवादी कोटामै उर्जामन्त्री बनेका जनार्दन शर्माले पनि सोही विधेयक प्रस्तुत् गर्नुले उनीहरुको भारतभक्ति प्रस्ट पारेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्