
यादव आचार्य (इमेज)
बर्दिया, भदौ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधानप्रतिको असन्तुष्टि साम्य पार्न र संविधान कार्यान्वयन गर्न नयाँ सरकार गठन भएको बताएका छन् ।
बर्दियाको भुरीगाउँ बजारमा सोमबार नेपाली कांग्रेस बर्दियाले गरेको कार्यकर्ता भेटघाटमा मन्त्री लेखकले पछिल्लो समय विकास भएको राजनीतिक घटनाक्रम सरकार गिराउने÷बनाउनेमात्र नभइ थारु, मधेसीलगायतका दलको संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्न भएको बताए ।
उनले नयाँ सरकारले संविधान कार्यान्वयनलाई पूर्णप्राथमिकता दिने स्पस्ट पारे ।
जसरी भएपनि संविधान कार्यान्वयन गरेरै छाड्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्