सप्तरी, चैत ३० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी केन्द्रीयतामार्फत् अधिनायकवादमा जान खोजेको आरोप लगाएका हुन् । उनले संविधानको मर्म र भावनाअनुरुप अघि बढ्न प्रजातान्त्रिक शक्तिले सरकारलाई दवाव दिनुपर्नेमा जोड दिए ।
उनले दुई तिहाइको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि सुनकाण्ड र वाइडबडी विमान खरिद काण्डमा व्यापक भ्रष्टाचार गर्दै जनचाहनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।









प्रतिक्रिया दिनुहोस्