
सर्लाही, भदौ १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले स्थानीय निकायको चुनाव धेरै पर सार्न नसकिने बताएका छन् ।
सोमबार सर्लाहीको हरिवनमा पत्रकारहरुसँग उनले पुरानै संरचना राखेर भएपनि तत्कालै स्थानीय चुनाव गराउनुपर्नेमा जोड दिए ।
मधेसमा दुई प्रदेश हुनुपर्ने भन्दै केही पहाडी जिल्लालाई मिलाएर छुट्टै प्रदेश पनि बनाउन सकिने राणाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्