टाटाको ‘टियागो’ नेपाली बजारमा, पेट्रोल–डिजेल दुबै इन्जिनमा उपलब्ध • Image Khabar Image Khabar


टाटाको ‘टियागो’ नेपाली बजारमा, पेट्रोल–डिजेल दुबै इन्जिनमा उपलब्ध


Imagekhabar
१४ भाद्र २०७३, मंगलवार ०२:४१

टाटाको ‘टियागो’ नेपाली बजारमा, पेट्रोल–डिजेल दुबै इन्जिनमा उपलब्ध

काठमाडौं, भदौ १३ । टाटा मोटरले नयाँ ‘ह्याचब्याक’ गाडी ‘टियागो’ नेपाली बजारमा ल्याएको छ ।

टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टाटाको पछिल्लो उत्पादन टियागोको नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

‘स्र्पोटी लुक्स’को टियागोलाई नेपाली उपभोक्ताले रुचाउने कम्पनीको विश्वास छ ।

१२ सय सीसी क्षमताको तीन सिलिन्डरयुक्त इन्जिन रहेको यो गाडी पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध छ ।

स्थानीय बजारमा कारको मूल्य २२ लाख ५५ हजार देखि २८ लाख ५५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्