Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


सिन्धुलीको हरिहरपुर गढी किल्ला ओझेलमा


0
Shares

सिन्धुली, चैत ३० । सिन्धुलीको हरिहरपुर गढी किल्ला ओझेलमा परेको छ ।

पिपलमाडीबाट सात किलोमिटर उत्तर पहाडी भूभागमा अवस्थित हरिहरपुर गढी किल्लाका पुरातात्विक सामग्री हराउँदै गएका छन् । हरिहरपुर गढी गाउँपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक किल्ला सरकारी निकायबाट संरक्षण र सम्वर्द्धन हुन नसक्दा झन् ओझेलमा परेको हो ।

नेपालकै अद्भूत र बलियो किल्ला हरिहरपुरगढीमा किल्ला निर्माणको चमत्कारी नमूनाले १३०० सालको राज्य सुरक्षा संयन्त्रको मजबुदीपनालाई छर्लङ्ग पार्दछ । सिन्धुलीको मरिण र बागमती नदीको बीचमा अवस्थित हरिहरपुरगढी किल्ला आसपासका वरपिपलका पुराना वृक्ष, मठ—मन्दिर, देवालय, पाटीपौवा र चौताराले पुरानो इतिहास झल्काईरहेको छ । 

१३८७ सालमा हालको बारा जिल्लाको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंहदेव आफ्नी पत्नी देवलदेवी, राजकुमार जगत सिं कुवर, मन्त्री चण्डेश्वर, विद्वानहरुसहित हरिहरपुरगढीमा लुक्न आएपछि १३८८ सालमा हरिहरपुरगढी किल्लाको निर्माण भएको मानिन्छ ।