काठमाडौं, भदौ १४ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरु भएको छ ।
न्यूयोर्कको फ्लसिङ मिडोजमा सोमबार रातिबाट सुरु भएको प्रतियोगितामा शीर्ष खेलाडीहरु रफाइल नदाल र नोभाक जोकोभिचले विजयी सुरुआत गरेका छन् ।
चौथो वरीयताका स्पेनिस खेलाडी नदालले उज्वेकिस्तानका डेनिस इस्तोमिनलाई ६–१, ६–४ र ६–२ को सोझो सेटमा हराए ।
यसैगरी, शीर्ष वरीयताका सर्वियन खेलाडी जोकोभिचले पोल्यान्डका यानोभिचलाई ६–३, ५–७, ६–२ र ६–१ ले पराजित गरे ।
१३औं वरीयताका फ्रेन्च खेलाडी रिचार्ड ग्यास्के भने बेलायतका कायल एडमन्डसँग ६–२, ६–२ र ६–३ को सोझो सेटमा पराजित भए ।
युएस ओपनको पहिलो दिनका अन्य खेलहरुमा विजयी हुँदै रुसका मिखाइल युज्नी, क्यानाडाका मिलोस राओनिक, क्रोएसियाका मारिन सिलिच र फ्रान्सका जो विल्फ्रेड सोङ्गा अर्को चरणमा पुगेका छन् ।
युएस ओपन टेनिसको यो संस्करणमा शीर्ष खेलाडी रोजर फेडेरर भने चोटका कारण सहभागी छैनन् ।
प्रतिक्रिया दिनुहोस्