
काठमाडौं, भदौ १४ । व्यवस्थापिका–संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले यातायात सन्चालनका लागि वैज्ञानिक ढंगको कार्यनीति बनाएमात्र सवारी दुर्घटनामा कमी आउने बताएका छन् ।
मंगलबार राजधानीमा भएको एक साक्षात्कारमा उनले सडकको अवस्थाअनुसार यातायातका साधनको निर्धारण, यातायातका साधनको नियमित परीक्षणजस्ता विषयलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
उनले यातायात व्यवस्था विभाग र सडक विभागजस्ता निकायलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
गुणस्तरीय काम नगर्ने निकाय र त्यसका अधिकारीहरुलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्