शेयरबजारमा दोहोरो अंकको सुधार • Image Khabar Image Khabar


शेयरबजारमा दोहोरो अंकको सुधार


Imagekhabar
१५ भाद्र २०७३, बुधबार ०१:४४

शेयरबजारमा दोहोरो अंकको सुधार

काठमाडौं, भदौ १४ । मंगलबार पनि शेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।

यसदिन बजार परिसूचक नेप्से २१ अंकले उकालो लागेर १७ सय ८८ पुगेर थामियो । यसदिन सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो ।

जलविद्युत् समूहमा सबैभन्दा उच्च ९० अंकको सुधार आयो । उत्पादनमूलक समूह पनि ७२ अंकले उकालो लाग्यो ।

वाणिज्य बैंक समूहमा २४ अंक र विकास बैंक समूहमा पनि १८ अंकको बृद्धि आयो । बिमा समूह १५ र होटल समुह ११ अंकले उकालो लागे । वित्त र अन्य समूह सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १८ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्