
काठमाडौं, भदौ १४ । आयोजक पुष्पसदन आवासीय मावि र न्यू जेनिथ स्कुलको जुनियर टिम दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै, सिनियरतर्फ ब्राइट होराइजन स्कुल पनि क्वार्टरफाइनल प्रवेश गरेको छ ।
जुनियरतर्फ पुष्पसदनले मंगलबार आइडियल मोडेललाई २८–१७ ले पराजित गर्दा न्यू जेनिथले बर्न हार्टलाई १५–६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
यस्तै, सिनियरतर्फ ब्राइट होराइजनले ज्ञानोदयलाई ४१–२९ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्यो ।
प्रतियोगिताअन्तर्गत् अन्य खेलमा सिनियरतर्फ आइडियाल मोडेलले कमल इंग्लिस स्कुललाई ४०–२२ ले पराजित गर्दा एलआरआइले इन्नोभेटिभलाई ६३–४६ ले हरायो ।
यस्तै, न्यू जेनिथले बृहस्पतिलाई ३०–११ ले पराजित गर्यो भने जुनियरतर्फ राराहिलले स्वर्णीम स्कुललाई २२–१८ ले हरायो ।
प्रतिक्रिया दिनुहोस्