जेलजीवन बिताइरहेका कैदी मेयरमा निर्वाचित • Image Khabar Image Khabar


जेलजीवन बिताइरहेका कैदी मेयरमा निर्वाचित


Imagekhabar
१५ भाद्र २०७३, बुधबार ०३:०५

जेलजीवन बिताइरहेका कैदी मेयरमा निर्वाचित

काठमाडौं, भदौ १४ । पाकिस्तानको कराँची सहरमा जेलजीवन बिताइरहेका कैदी वसीम अख्तर मेयरमा निर्वाचित भएका छन् ।

अख्तर स्थानीय मुत्तहिदा कौमी मुभमेन्ट पार्टीका तर्फबाट चुनावमा उठेका थिए । गत हप्ता सम्पन्न चुनावमा उनले स्पस्ट जित हासिल गरेका थिए ।

उनीविरुद्धको कानुनी याचिका खारेज गरिएपछि अख्तरलाई जेलबाट कराँची सहरको सिटीपार्क लगेर शपथ गराइएको थियो ।

उनलाई गत जुलाईमा आतंकवादीलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको थियो ।

अख्तर भने आफूविरुद्ध लगाइएका सबै आरोप गलत भएको जिकिर गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्