Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ओली–दाहाल समझदारी, वैशाख ९ सम्म एकता टुंग्याइने


0
Shares

                                 फाइल तस्वीर

काठमाडौं, चैत ३० । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् ।

त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेश गर्ने भएका छन् ।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वयले चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् ।

बिहीबार चन्द्रागिरि पुगेका ओली–दाहाल शुक्रबार काठमाडौं झरेका छन् । –कान्तिपुर दैनिकबाट