
सुनसरी, भदौ १५ । सुनसरीको भोक्राहास्थित जामिया इस्लामिया नामको मदरसामा आतंककारी समूह इस्लामिक स्टेट (आइएस) र पाकिस्तानी एजेन्टहरुको लगानी रहेको जिल्लाका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् ।
भोक्राहा–९ का मुस्लिम अगुवाहरुले बुधबार आइएस र पाकिस्तानी एजेन्टविरुद्ध नाराबाजी गर्दै उक्त मदरसाअगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले सो संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् ।
प्रहरीले मदरसामा तालाबन्दी गर्नबाट भने प्रदर्शनकारीहरुलाई रोकेको छ ।
प्रतिक्रिया दिनुहोस्