
राजविराज, भदौ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचनबारे बढ्दै गरेको अन्यौलता अन्त्यका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।
बुधबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले वर्तमान अवस्थामा संविधान कार्यान्वयन ठूलो चुनौती रहेकोले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।
उनले धर्मनिरपेक्षताको खारेजी र हिन्दूराष्ट्रको पुनःस्थापनालाई जोड दिँदै हिन्दूत्वको जागरण र हिन्दूराष्ट्र स्थापनाका लागि मधेसमा अभियान चलाइनेसमेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा उप–सभामुख गंगाप्रसाद यादवकोसमेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्