काठमाडौंको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १५ जना घाइते • Image Khabar Image Khabar


काठमाडौंको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १५ जना घाइते


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार ०२:३१

काठमाडौंको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १५ जना घाइते

काठमाडौं, भदौ १५ । महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा१ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उद्धार गरी उपचारका लागि ६ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र अरुलाई बीपी स्मृति अस्पताल पठाइएको महानगरी प्रहरी प्रभाग बसुन्धराका प्रहरी सहायक निरीक्षक प्रमोद प्याकुरेलले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्