दुबो र कुशसंग जोडिएको संस्कृति • Image Khabar Image Khabar


दुबो र कुशसंग जोडिएको संस्कृति


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार १६:४७

दुबो र कुशसंग जोडिएको संस्कृति

किशोरकुमार गौतम-
सूत्र र सिखाले हाम्रो आँखा नखोलिदिएको भए हामी अहिलेसम्म पनि पशुवत् रहने थियौ। कसो कसो दुबो र कुशले हाम्रो आँखा उघारी दियो। हामी पशुबाट मानिस बन्न पुग्यौं। दुबोले फैलन र बढ्न सिकायो भने कुशको सूत्रले बोल्न, लेख्न, उठ्न, बस्न, बनाउन, पट्याउन, कस्न, बाँध्न, छान्न सिकायो। आज हामी जे छौँ जहाँ छौँ सब सूत्र र शिखाकै चमत्कार हो।सूत्र र शिखा नभएको भए ब्रह्माण्डको र पातालमुनि रसातलका कुनै कुराको ज्ञान हुने नै थिएन र हामी भोजन र प्रजननमै सीमित हुने थियौँ।

सौभाग्य दुबो र कुश भेटिए। दुवोमा बस्न पायौँ कुशमा सूत्र फेला पर्यो। कसोकसो खेलाउँदा खेलाउँदै सूत्र अल्भ्कियो बल्भ्कियो ग्रन्थी बन्न गयो। ग्रन्थी खोल्दाखोल्दै शिखा पर्यो।हामी आफैलाई धर्मको परिभाषा थाहा छैन। कसैले केही कसैले केही भनिदिन्छन्। केटाकेटीले धर्म के हो भन्ने जान्दैनन्। संस्कृतमा धर्मको श्रेष्ठतम परिभाषा निम्न श्लोकमा गरिएको छ :

“चलं चित्तं चलं बित्तं चले जीवन यौवने।

चला चले हि संसारे धर्म एको हि निश्चल।।”

धर्मपछि पुण्यको पनि संस्कृतमा परिभाषा गरिएको छ।

“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।

परोपकार पुण्याय पापाय परपीडनम्।।”

प्रथम श्लोकले धर्मबाहेक सबै चलायमान छ भन्छ भने दोस्रोले परोपकार मात्रै पुण्य हो भन्छ। अरूको अलिकति पनि अहित हुनु पाप हो भन्छ। हामी यस शास्त्रीय वचनका पछि नलागेर किन अन्य कुरामा भुल्छौ ?

‘धर्म निश्चल ९अचल० छु भन्न नलागेर हल्लाका पछि किन हिँड्द छौं ?

“धर्मु कुनै व्यक्ति वा समुदायको सम्पत्ति होइन। धर्म कर्तव्य कर्म हो, विवेकपूर्ण न्यायिक निर्णय हो। समग्रमा धर्म नभएको वस्तु सृष्टिमा छँदैछैनन्। सम्पूर्ण पदार्थ अआफ्ना धर्ममा दृढ छन्।

धर्म नै तत्वको परिचय हो।

जान्नु र चिन्नु ज्ञान हो।

सिक्नु र सिकाउनु शिक्षा हो।

पढ्नु र पढाउनु बिद्या हो।

सिक्ने र सिकाउने, पढ्ने र पढाउने कला विधि हो र प्रयोग गर्ने कर्म कुशलता प्रविधि हो।

कुशमा धर्सा भेटिएपछि एकलाई दुई बनाउने ज्ञान प्रकृतिले नै दियो। ज्ञानको पहिलो पाठ प्रकृतिबाट मानिसले पायो, सिक्यो। कुशका धर्सालाई अल्झाउन, बल्झाउन गाँठो पार्न जानेपछि ज्ञान बढ्दै गयो। त्यसैले हाम्रा पूर्वजले कुशलाई आफ्नो इष्ट माने। घरमा राख्ने परम्परा चलाए। कुशका सूत्रले र शिखाले मानिसको क्षमता, दक्षता र पहुँच बढाउँदै लग्यो। असम्भवलाई सम्भव तुल्याई दियो। सूत्र र शिखा बिर्सनै नहुने सार तत्व रहेछ भनी मानिसहरूले सूत्र र शिखाको माला बनाई काँधमा, कर्मशील हातमा र कम्मरमा धारण गर्न थाले। श्रावण शुक्लपूर्णिमालाई संयुक्तरूपमा चाड भनी मनाउने प्रचलन आयावर्त भरमा चल्यो।

सृष्टिका अविज्ञात रहस्य सार्वजनीन भयो। सूत्रको मालालाई कसैले ब्रह्मसूत्र भन्न थाले, कसैले ‘रक्षाबन्धन’ भने, कसैले ‘जनही’ कसैले ‘जनेहुु’ कसैले ‘जनेउ’ कसैले ‘जनैु’ कसैले ‘जनई’ ‘क्षु’उच्चारण गर्न नजान्नेले ‘राखीु’ भन्न थाले। कसैले ‘श्रावणीु’ कसैले ‘ऋषितर्पणी’ र कसैले ‘सनेन्नो’ भनिदिए।

आर्यावर्त भरी जातीय भेदभावविना प्रत्येक घरका प्रत्येक व्यक्तिले सामूहिक प्रायश्चित्त र सुकर्मको सङ्कल्प गरी मान्यजनको आशीर्वाद लिई धारण गरिने सूत्र भएकाले यस सूत्रलाई संकल्प सूत्र, भनिनु या ब्रह्म सूत्र भनिनु पनि सार्थकै छ।

हाम्रो देश शिखा र सूत्रको देश हो। हामीले सूत्र र शिखाअनुरूप काम गर्यौं भने कहिल्यै असफल हुन्नौ। यहीअनुरुप बालबालिकालाई दीक्षित गर्न सके हामी र हाम्रो राष्ट्र सर्वदा अग्रपक्तिमा रहनेछौँ।
‘सूत्र’ भनेको ‘फर्मुला’ हो र ‘शिखा’ भनेको ‘फिगर’ हो भनी साना नानीबाबुलाई सम्झाई दिन नसकेर अलमलिएको छ हाम्रो नयाँ पिढी।

प्रतिक्रिया दिनुहोस्